+
+

प्रिमियरमा सेलिब्रिटीले रुचाए ‘मिलन’, नीर शाह भन्छन्- फिल्म क्षेत्रलाई सरकारले ध्यान दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:३७

आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘मिलन’को प्रिमियर शो गरिएको छ । कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रथम प्रदर्शनीमा कलाकार र अन्य सेलिव्रिटी सहभागि रहे ।

फिल्म हेरेकाले यसको कथावस्तु, अभिनय र निर्मापक्षको प्रशंसा गरे ।

टेक पौरखी राईको निर्देशन रहेको फिल्म हेरेपछि अभिनेता नीर शाहले फिल्मले दर्शकको ध्यान तान्ने बताए । फिल्मले भरपुर रुपमा हँसाउने बताउँदै कतिपय दृश्यले भावुक तुल्याउने बताए ।

शाहले भने, ‘नेपालमा बनेका हरेक फिल्मले सफलता हासिल गर्नुपर्छ । हामीले फिल्मका प्रिमियर शोलाई उत्सवको रुपमा लिने गछौं । यो खुशिकोे कुरा हो । नेपाली फिल्म क्षेत्र ठुलो बन्दै गएको छ । यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ ।’

फिल्मले युवतीको प्रवेशपछि मित्रता कसरी भाँडिन्छ भन्ने कथा पेश गर्छ । सलोन बस्नेत र कुशल ठकुरीको प्रमुख भूमिका रहेको फिल्ममा शिल्पा थापाको समेत अभिनय छ ।

निर्माता प्रविण थापाले प्राप्त सकारात्मक प्रतिक्रियाले दर्शक हलसम्म आउने विश्वास ब्यक्त गरे ।

फिल्ममा शिशिर बाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापाको पनि अभिनय छ । काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको फिल्मको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?