+
+

ललितपुरबाट प्रदेशसभामा एमालेका रघुनाथ र प्रेमभक्त विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १५:१०

८ मंसिर, काठमाडौं । ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर ३ प्रदेशसभा (१) र (२) मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा (१) मा एमालेका रघुनाथ महर्जन र प्रदेशसभा (२) मा एमालेकै प्रेमभक्त महर्जन विजयी भएका हुन् ।

रघुनाथले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजकाजी महर्जन र प्रेमभक्तले नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

रघुनाथले ९७६६ मत ल्याउँदा रामकाजीले ९०७५ मत ल्याए भने प्रेमभक्तले ९०५८ मत ल्याउँदा जितेन्द्रकुमारले ८०३० मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?