+
+

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २०:०४

८ मंसिर, काठमाडौं । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।

तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो । उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?