+
+

एमालेको समानुपातिक मत १० लाख कट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १०:२४

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?