+
+

धनगढीमा नेशनल लाइफका अभिकर्तालाई प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ११:५३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा सहभागी अभिकर्ताहरुलाई कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अझ बढी सक्षम र व्यावसायिक बनाउदै लैजाने नीति अनुरुप काम गर्न आग्रह गरे ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए ।कम्पनीको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?