+

२०१० पछि विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

२०७९ मंसिर  १० गते १८:१३ २०७९ मंसिर १० गते १८:१३
२०१० पछि विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

१० मंसिर, काठमाडौं । अष्ट्रेलियाले कतारमा भइरहेको फिफा विश्वकपमा शनिबार ट्युनिसियालाई १-० ले पराजित गर्दै २०१० पछि विश्वकपमा पहिलो जित निकालेको छ ।

अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई जित दिलाउन मिचेल डुकले २३ औं मिनेटमा निर्णायक गोल गरे ।
ट्युनिसियाले पनि खेलमा गोल गर्ने अवसर पाएपनि अष्ट्रेलियाका डिफेण्डर ह्यारी सुटर र गोलकिपर म्याट राएनले ट्युनिसियाका खेलाडीलाई गोलको अवसर दिएनन् ।

समूह डी मा पहिलो जितपछि अष्ट्रेलियाले ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । उता पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको ट्युनिसिया यस हारपछि अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर बनेको छ ।

पछिल्लो पटक सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा अष्ट्रेलियाले युरोपियन राष्ट्र सर्बियालाई हराएको थियो । विश्वकपमा अष्ट्रेलियाको यो तेस्रो जित हो । अष्ट्रेलियाले सन् २००६ मा ओसियाना क्षेत्रबाट खेल्दै एसियन राष्ट्र जापानलाई पराजित गरेको थियो ।

अष्ट्रेलियाले अफ्रिकन राष्ट्रलाई विश्वकपमा यसै संस्करणमा हराएको हो ।

अष्ट्रेलियाले अब समूह डी को अन्तिम खेल डेनमार्कविरुद्ध खेल्दैछ । आजै राति समूह डी अन्तर्गत फ्रान्स र डेनमार्कबीच खेल हुनेछ । ट्युनिसियाले भने अन्तिम खेल फ्रान्ससँग खेल्नेछ ।

अष्ट्रेलिया फुटबल विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय