+
+

नेप्सेमा ३२ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १६:४६

११ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावपछि लगातार दुई दिन घटेर गत बिहीबारदेखि बढ्न सुरु भएको नेप्से आइतबार डेढ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।

आइतबार बजार परिसूचक नेप्से ३२.४३ अंक (१.६८ प्रतिशत) ले बढेर १९६५.९८ अंकमा बन्द भएको छ । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । लघुवित्त उपसूचक सर्वाधिक ३.०७ प्रतिशतले बढेको छ । बजारमा हरियाली छाउँदा कारोबार रकम पनि बढेर २ अर्ब नाघेको छ । आइतबार ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजारको कारोबार भएको छ ।

जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४५ करोड ४ लाख ७ हजारको कारोबार भएको छ । ७० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस्तै आकर्षण लाभांशको अपेक्षामा नबिल बैंक पनि लगानीकर्ताको रोजाइमा परेको छ । नबिल बैंकको १२ करोड ३ लाख २२ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको ९ करोड ७९ लाख ६४ हजारको कारोबार भएको छ ।

आइतबार बजारमा कुल १९१ कम्पनीको सेयर कारोबार भएकोमा १६९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै २० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आइतबार कारोबार भएकोमध्ये डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशतले वृद्धि हुँदा जीवन विकास लघुवित्तको सेयरूमल्य ७.४३ प्रतिशत र कुमारी बैंकको सेयरमूल्य ६.७७ प्रतिशशतले बढेको छ ।

यता एनएमबी हाइब्रिड फण्ड १ को इकाइ मूल्य सर्वाधिक ३.११ प्रतिशतले गिरावट हुँदा प्रभु सेलेक्ट फण्डको इकाइमूल्य २.२६ प्रतिशत र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाइ मूल्य २.०२ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य १.६७ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?