+
+

अछाममा नेशनल लाइफको अभिकर्ता  भेला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १२:४८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अछाममा अभिकर्ता भेला सम्पन्न गरेको छ ।

भेलामा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा प्रकाश पारेका थिए । अभिकर्ता पेशामा व्यावसायिक बनाउदै जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कर्यक्रममा उत्कृष्ट व्यवसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरुलाई खत्रीले सम्मान समेत गरेका थिए ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको वार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए । कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?