+
+

‘पासो’मा गरेको मेहनतलाई दर्शकले स्वीकार्ने रिस्ता र सुनिशाको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते ११:५५

काठमाडौं । शुक्रबारदेखि थ्रिलर फिल्म ‘पासो’ रिलिज हुँदैछ । नारीप्रधान फिल्मको मुख्य भूमिकामा रिस्ता बस्नेत र सुनिशा बजगाईं छन् ।

चुनाव र विश्वकप फुटबलको माहोलबीच प्रदर्शन हुन लागेको फिल्मलाई चुनौती र सम्भावना दुवै छन् । चुनौती यस अर्थमा कि फिल्मको समीक्षा र ‘वर्ड अफ माउथ’ सुखद आउनुपर्ने हुन्छ । सम्भावना यस अर्थमा कि फिल्मले सोलो रिलिजको मौका पाउनेछ । राम्रो प्रतिक्रिया मिलेको खण्डमा फिल्मले चाहेजस्तो शो पाउन सक्छ ।

यो मितिमा नयाँ नेपाली फिल्म ‘पासो’ मात्र दर्शकमाझ आउने भएकाले पनि फिल्मका लागि फाइदा हुने देखिन्छ । फिल्मलाई आरबी पुनले निर्देशन गरेका छन् भने भगवान भुजेल निर्माता छन् ।

फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बाकसभित्र बन्द भएर छायांकन गर्नुपरेको अनुभव रिस्ताले सुनाइन् । सुटिङ गर्दा कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको उनले बताइन् । कतिपय समयमा त पेनकिलर खाएर काम गरेको समेत उनले सुनाइन् ।

सुनिशाले भने पाँच दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । यसरी काम गर्दा निक्कै गलेको अनुभव भएको सुनाउँदै उनले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन् ।

फिल्म ‘पासो’का लागि यी दुई अभिनेत्री केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाले आफूहरुले गरेको दुःख दर्शकले रुचाउने आशा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?