+
+

त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १२:२१
फाइल तस्वीर

१५ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि बिहीबार क्यालिब्रेसन उडान हुँदैछ । विमानस्थलका अनुसार रन–वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ ।

सोही उपकरणको परीक्षणका लागि एरो थाइले क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार लोकलाइजर जडानपछि विमानस्थलमा अवतरण सहज हुनेछ । क्यालिब्रेसनका कारण बिहीबार उडानहरु प्रभावित हुन सक्ने उनले बताए ।

बुद्ध एयरका अनुसार बिहान ९ बजेदेखि ५ बजेसम्म हुने हुँदा उडानहरु प्रभावित हुने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?