+
+

ज्ञानेन्द्रको अर्धशतकमा नेपालले नामिवियालाई दियो १९८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १७:३१
फाइल तस्वीर/अनलाइनखबर

१६ मंसिर, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डसहितकाे त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिवियालाई १९८ रनको लक्ष्य दिएको छ ।

घरेलु टोली नामिवियाविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपाल इनिङको १ बल बाँकी रहँदा १९७ रनमा अलआउट भयो ।

नेपालका लागि तेस्रो क्रमका ब्याटर ज्ञानेन्द्र मल्लले सर्बाधिक ७५ रनको अर्धशतकीय पारी खेले । राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्रले ९४ बल खेलेर ७ चौका र २ छक्का प्रहार गरे । एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो छैटौं अर्धशतक हो ।

नेपालले सुरुवाती विकेट सस्तैमा गुमाएको थियो । ओपनर ओपनर अर्जुन साउद ४२ बलमा १८ रन जोड्दै बर्नाल्र्ड स्कोल्ज्डको बलमा बोल्ड भए । अर्का ओपनर आसिफ शेखले ४६ बल खेल्दै २ चौकाको सहायतामा २० रन बनाएर आउट भए ।

ज्ञानेन्द्रसँग तालमेल नमिल्दा कप्तान रोहित पौडेल १० रनको व्यक्तिगत स्कोरमा रनआउट हुन पुगे । चौथो विकेटका लागि ज्ञानेन्द्र र आरिफ शेखले नेपालका लागि ६७ रनको अर्धशतकीय साझेदारी गर्दैं पारी उकासेका हुन् । आरिफले ४१ बल खेलेर २ चौकासहित २३ रन बनाए ।

त्यसपछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी पहिलो बलमै क्याच आउट हुन पुगे । त्यसपछि धरापमा परेको नेपालको ब्याटिङ केही समयका लागि कुशल भुर्तेल र गुल्सन झाले समहाल्ने कोसिस गरेका थिए । कुशल १२ बलमा १३ रन जोड्दै एलबीडब्ल्यु आउट भए । गुल्सनले १८ बलमा २ छक्का प्रहार गर्दै १८ रन जोडे । सोमपाल कामी १७ बल खेल्दै १० रनमा क्याचआउट भए । सागर ढकाल १ रनमा रनआउट भए ।

नामिवियाका लागि ताङ्गेनी लुङगामिनीले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गर्दै १ मेडन सहित ४२ रन खर्चेर ३ विकेट लिएका हुन् । कार्ल बे्रकनस्टोकल् ३ ओभर बलिङ गर्दै २४ रन खर्चेर २ विकेट लिए । जेजे स्मिथ, बर्नाड स्कोल्ट र गेरहार्ड इरास्मसले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?