+
+

साम्राज्ञी र परमितापछि श्वेता पनि अनलाइन व्यवसायमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १४:०८
फाइल तस्वीर

काठमाडौं । इ-कमर्सको लोकप्रियता अब सर्वसाधारणमा मात्र सीमित रहेन । कलाकारले समेत इन्टरनेट प्लेटफर्ममार्फत गर्ने व्यापारको यो शैलीलाई पछ्याउन थालेका छन् ।

साम्राज्ञी शाह र परमिता राणाले यसअघि नै अनलाइन बिजनेस थालिसकेका छन् । उनीहरुले इ-कमर्समार्फत सौन्दर्य प्रसाधन र पहिरनको बिक्री गर्न थालेको धेरै भइसक्यो ।

आमा बनिसकेपछि श्वेताको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर सोझिएको छ । श्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडिल’ सञ्चालनमा ल्याएकी छन् ।

काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै श्वेताले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन् । ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने ब्रान्डेड सामान अर्डर गर्न सक्नेछन् ।

यति मात्र होइन, किसानले आफ्ना उत्पादनलाई सिधै वेबसाइटमा पनि पोस्ट गर्न सक्ने भएका छन् । श्वेताले हिमालय जाभा, एमआरएस एण्ड इन्जिनियरिङ, केही रेस्टुरेन्ट र कृषि फार्म सञ्चालनमा ल्याइसकेकी छन् ।

यसबाहेक चाँडै एक फिल्म निर्माण गर्ने पनि उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?