+
+

नगरपालिकाको सूचना बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १४:४४

२० मंसिर, सुनसरी । पटक पटकको सार्वजनिक सूचना अटेर गरेपछि सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ ।

३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो ।

मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् ।

व्यापारी र केही स्थानीयबासिन्दाले अवरोध गरे पनि नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।

नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुगेका मेयर केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए । उनले सूचनाबाट नै मानिसहरुले टेर्ने विश्वास लिए पनि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?