+
+

कोरियाली कप्तान सनले क्षमता अनुसार विश्वकपमा प्रदर्शन गर्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १९:३१
विश्वकपमा सनको तस्वीर बोकेकी एक समर्थक ।

२० मंसिर, काठमाडौं । प्रिमियर लिग क्लब टोटनह्यामका उत्कृष्ट एसियाली स्ट्राइकर मानिएका सनले विश्वकपमा आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनन् ।

दक्षिण कोरियाका कप्तान सन ह्युङ मिन दक्षिण कोरियाका लागि मेसी, रोनाल्डो र नेइमारको संयुक्त प्याकेज हुन् । एङ्कल इन्जुरी निको भएपछि मैदान फर्किएका ब्राजिलका सुपरस्टार नेइमारले सोमबार भएको खेलमा गोल गरे । दक्षिण कोरियाका एक मात्र सुपरस्टार मानिएका सनका लागि ब्राजिलसँगको खेल आफ्नो प्रतिभा र क्षमता देखाउने ठूलो मौका थियो । तर त्यो मौका त्यसै गयो ।

उनले भनेका छन्, ‘हामीले सबैथोक दिएर खेल्यौं । ब्राजिल उत्कृष्ट टिम हो । हामीले उनीहरुलाई ठाउँ दिने बित्तिकै उनीहरुले गोल गर्छन् । तर हामीले जसरी खेल्यौं त्यसमा मलाई गर्व छ । म कुनै पनि खेलाडीलाई दोष दिन चाहन्न किनभने उनीहरुले खेलमा आफ्नो शतप्रतिशत दिएका थिए ।’

सनका लागि भने यो विश्वकप त्यति सफल रहेन । उनको आँखामा चोट लागेका कारण उनलेसुरक्षाका लागि फेस मास्क लगाएर खेले । उनको चोटको कारण पनि उनी केही विचलित भए भनौं भने सोही खेलमा नेइमारले ब्राजिलका लागि ७६ औं गोल गरे ।

एङ्कल इन्जुरीपछि फर्किएका नेइमारले लय समाते । उनको टिम प्रतियोगितामा सबैभन्दा सफल टिमको रुपमा छैटौं विश्वकप उपाधिको दाबेदारी पेश गरिरहेको छ ।

टोटनह्याममा एक उत्कृष्ट स्ट्राइकरको स्थान बनाएका सनको तुलना मोहम्मद सलाहसँग गरिन्थ्यो । उनले इङ्लीस प्रिमियर लिगमा २३ गोल गरेका थिए ।

तर यस विश्वकपमा सनले एक गोल पनि गर्न सकेनन् । अल रयान स्टेडियममा भएको खेलमा मध्यान्तरसम्मको नतिजा ४–० थियो । जब खेलको दोश्रो हाफ सुरु भयो तब दक्षिण कोरियासँग खेलमा फर्किने मौका आएको थियो । सनले एक पटक प्रयास पनि गरे तर बल गोलरक्षकको हातमा पुग्यो । त्यसबीच गोलमालमा हानेको प्रहार पुन रोकियो ।

खेलमा अपेक्षित नतिजा नआए पनि दक्षिण कोरिया भने आफ्नो प्रदर्शनलाई लिएर खुसी छ । तर केहीले भने ब्राजिललाई परास्त गर्न सक्ने आश लिएका थिए ।

पोर्चुगललाई २–१ ले पराजित गर्दै समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको दक्षिण कोरियाले उक्त खेलमा उत्कृष्ट खेल देखाएको थियो । थप गरिएको समयमा हाङ हि चानले गोल गर्दै दक्षिण कोरियालाई अप्रत्याशित नतिजा दिलाए ।

उक्त गोलका लागि सनले चानलाई असिस्ट गरेका थिए । उक्त पास एक जटिल पास थियो । खेलमा उनले कप्तान र एक उत्कृष्ट स्ट्राइकरको भूमिका निर्वाह गरे । उक्त जितको खुसी पनि राम्रो मनाइयो । तर सनले विश्वकपमा एक पनि गोल नगर्नु भनेको उनको क्षमता अनुसार सोचेको नतिजा नआउनु हो ।

– एपीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?