+
+

कञ्चनपुरको वेदकोटमा गाडिएको अवस्थामा भेटिए चौपाया

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर २० गते २१:२९

२० मंसिर, धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरु आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन् । वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करीब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन् ।

तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन । स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन् ।

व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेपछि राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको मेयर भोजराज बोहराले बताए ।

उनले सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पुर्‍याइएको बताउदै खाडलमा गाडिएको अवस्थामा भेटिएको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । तर मंगलबार बिहान गौशालामा राखिएका १५३ र यसअघि व्यवस्थापन गरिएका करीब अढाई सय गाईगोरु समेतलाई अज्ञात समूहले गौशालाबाट निकालिदिएपछि समस्या भएको उनको दाबी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले गाईगोरु खाडलमा गाडिएको अवस्थामा भेटिएको सामाजिक सञ्जालबाट थाहा पाएको बताए । तर कानूनी कारवाहीका लागि कुनै व्यक्ति वा पक्ष जिल्ला प्रहरी कार्यालयसम्म नपुगेको बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?