+
+

घरको रेडिमेड ढोका : कस्तो डिजाइन, कति मूल्य ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ मंसिर २२ गते १७:०८

काठमाडौं । घरको मुख्य प्रवेशद्वार ढोका । यो सुन्दर र बलियो हुनुपर्छ । घरको ढोका आकर्षक भयो भने त्यसले घरको सुन्दरतालाई झन् बढाइदिन्छ । सुन्दर मात्र भएर भएन बलियो पनि हुनुपर्‍यो । पछिल्लो समय मूल्य र डिजाइनको हिसाबले रेडिमेड ढोकाको मा निकै बढेको छ ।

बजारमा पाइने रेडिमेड ढोका कस्तो डिजाइन र कति मूल्यमा पाइन्छ ? यसका विशेषता के के हुन् ? लगायत विषयमा भगवती सप्लायर्स एण्ड हार्डवेयरका प्रबन्ध निर्देशक नवराज रेग्मीसँग गरिएको कुराकानी :

कस्तो कस्तो डिजाइन ?

रेडिमेड ढोकामा विभिन्न डिजाइन उपलब्ध छन् । पीभीसी मेमरेन ढोका, डिजिटल ढोका, ओएसडी ढोका, सोलिड उड ढोका लगायत ५० वटासम्म डिजाइन हुन्छ । ग्राहकको रुचि अनुसारको डिजाइनमा पनि ढोका बनाउन सकिन्छ ।

कति साइज ?

रेडिमेड ढोका ८०/३२,  ८०/३६,  ८०/३८ र ८०/४४ साइजमा उपलब्ध हुन्छन् । तर सबैभन्दा बढी प्रयोग हुने साइज ८०/३२, ८०/३६ ७२/७५ हो ।

कति भरपर्दो हुन्छ ?

नेपालमै बनेका ढोका महंगो हुन्छ । डिजाइनमा पनि विविधता पाइँदैन । त्यसैले अहिले चल्ने रेडिमेड ढोका नै हो । पहिले सस्तो रेडिमेड ढोकाको बढी माग थियो । त्यो सस्तो ढोकाको क्वालिटी राम्रो नहुने भएकाले उक्किने मक्किने समस्या देखिन्थ्यो । त्यसैले अहिले अलि महंगो परे पनि राम्रो क्वालिटीको ढोका उपलब्ध छन् ।

रेडिमेड ढोका मुख्यगरी इन्डोर र आउटडोर गरेर दुई प्रकारको हुन्छ । इन्डोर ढोकामा पानी नपार्ने भएकाले पानीबाट नबिग्रने खाने ढोका राखे पनि हुन्छ । तर आउटडोर ढोका र ट्वाइलेटको ढोका पानीबाट नबिग्रिने खाले राख्नुपर्छ । पहिले केही कमसल खालका ढोका पनि पाइन्थ्यो  त्यसैले रेडिमेड ढोकाहरू बलियो र भरपर्दो हुँदैन भन्ने धेरैको बुझाइ थियो । तर पछिल्लो समय रेडिमेड ढोका पनि बलियो पाइन्छन् । २५ वर्षको ग्यारेन्टीसहित यी ढोका उपलब्ध छन् ।

रेडिमेड ढोका विभिन्न गुणस्तरमा उपलब्ध छन् । गुणस्तरीय ढोका खरिद गर्दा धुलियाले खाने, मक्किने र पानीले बिग्रिने समस्या हुँदैन । पानीले भिज्ने ठाउँमा पानीबाट नबिग्रिने खाले ढोका प्रयोग गर्नुपर्छ । राम्रो काठले बनेको रेडिमेड ढोकामा यस्ता कुनै समस्या देखिंदैन ।

मूल्य कति ?

एकपल्ले रेडिमेड ढोकाको न्यूनतम चार हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म पर्छ । डबल पल्ले मूल ढोकाको मूल्य ६० देखि ६५ हजार रुपैयाँसम्म पनि पर्छ ।

कसरी छनोट गर्ने गुणस्तरीय ढोका ?

ढोका छनोट गर्दा त्यसको मोटाइ र फिनिसिङमा ध्यान दिनुपर्छ । राम्रो काठले बनेको ढोकामा हिर्काउँदा टङटङ आवाज आउँछ भने भित्र भुस राखेर बनाएको ढोका छ भने अलि धोद्रो आवाज आउँछ ।

भित्र भुस हालेर बनाएको ढोका २० देखि २२ किलोको मात्रै हुन्छ । राम्रो ढोकाको तौल ३० किलोभन्दा माथि हुन्छ । यसरी त्यसको तौल आवाज, मोटाइबाट राम्रो ढोका छनोट गर्न सकिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?