+
+

छत्र शाही र काजल जोशीले गरे विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १२:२५

काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो ।

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए । इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे ।

इन्द्रेणीबाहेक टिकटक लगायतका सामाजिक सञ्जालमा समेत छत्र र काजल चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?