+
+

राप्रपाले टुंग्यायो समानुपातिक सांसद : बुद्धिमानले अवसर पाउँदा लोहनी छुटे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १८:४१
पशुपतिशमशेर जबरा र वुद्धिमान तामाङ

२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो ।

जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपा स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउँथ्यो ।

खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेका पशुपति शमशेर जबराको नाममा विवाद थिएन । तर दोस्रो पुरुषमा आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका वुद्धिमान तामाङ, खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा. प्रकाशचन्द्र लोहनी र मधेशी क्लस्टरको पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये को चयन हुने भन्ने विवाद थियो ।

कार्यसम्पादन समितिले तामाङको नाम चयन गरेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?