+
+
मिस इन्टरनेसनल २०२२ :

नेसनल कस्ट्युम र स्वीमसुटमा यस्ती देखिइन् न्यान्सी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते ११:५४

काठमाडौं । जापानको राजधानी टोकियोमा भोलि (मंगलबार) यस वर्षको मिस इन्टरनेसनलको ग्राण्ड फिनाले हुँदैछ । संसारका ६६ मुलुकका सुन्दरीले विश्व प्रतिष्ठित पेजेन्टको ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

त्यसअघि आइतबार नेसनल कस्ट्युम र स्वीमसुटको सबटाइटल प्रतिस्पर्धा सम्पन्न भयो । सुन्दरीले आ–आफ्नो महादेशको समूहको तर्फबाट यी सबटाइटलमा भाग लिएका थिए ।

मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले यी दुवै सबटाइटलमा बोल्ड प्रस्तुति दिइन् । नेसनल कस्ट्युम र स्वीमसुट दुवै पहिरनमा न्यान्सी आकर्षक र मादक देखिएकी थिइन् ।

नेपालको हिमालय क्षेत्रमा पाइने चरा मुनालबाट प्रभावित डिजाइनलाई नेपालले प्रस्तुत गरेको छ । सोनम सुब्बा र विशाल श्रेष्ठको डिजाइन रहेको उक्त कस्ट्युमका रङले जातीय र संस्कृतिक विविधता प्रस्तुत गरेको जनाइएको छ ।

तस्वीरहरु : मिस इन्टरनेसनल र हिडन ट्रेजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?