+
+

दीपक-दीपाको फिल्म हल वैशाख १ देखि, फ्रेन्चाइजको जिम्मा आईएनआईलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १३:०१

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

आईएनआई सिनेमाजको  फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो ।

शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे । यी तीनैजनाले ‘छक्कापञ्जा ४’मा सहकार्य गरिरहेका छन् । तर ‘छक्कापञ्जा ४’ले फागुन १९ लाई प्रदर्शन मिति घोषणा गरिसकेकाले दीपक-दीपाकै हलमा उक्त फिल्मको ओपनिङ हुनेछैन ।

दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । वैशाख १ गते रिलिज हुने फिल्महरु जारी, नाइँ नभन्नु ल ६ र भगवत् गीताको कारण यो नयाँ हलले राम्रैसँग दर्शक तान्ने अपेक्षा छ ।

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका काठमाडौंमा योसहित दुई फ्रेन्चाइज पुगेका छन् भने यसअघि पोखरा, बुटवल र चितवनमा पनि हलले आउटलेट विस्तार गरेको छ ।

यसैबीच, ‘छक्कापञ्जा ४’को बाँकी छायांकन पुस १ गतेदेखि सुरु हुने भएको छ । निर्माता तथा अभिनेता गिरीले काठमाडौं र उपत्यकाबाहिर केही ठाउँमा बाँकी सुटिङ हुने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?