+
+

महोत्तरीमा जाडोले जनजीवन प्रभावित

रासस रासस
२०७९ मंसिर २९ गते १७:१२

२९ मंसिर, महोत्तरी ।  महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ ।

विगत चार/पाँचदिनदेखि लगातारको शीतलहर, कठ्याङ्ग्रिदो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् ।

चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।

जाडो बढेसँगै बजारमा न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ ।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा सतिशकुमार साहले बताए ।

दशक नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको ग्रामिण क्षेत्रमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् ।

जाडोकै कारण ग्रामीण भेगमा पशुपन्छी तथा दलहन, तेलहन र तरकारी बालीमा असर परेको जलेश्वर नगरपालिका-८ का किसान आशनारायण मण्डलले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?