+
+

अर्जेन्टिना भर्सेस फ्रान्स : हेड टु हेडमा को अगाडि ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १६:५५

१ पुस, काठमाडौं । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।

डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जित्यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन ।

पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ ।

फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई (सन् १९५८ र सन् १९६२) उपाधि जितेको छ ।

फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ ।

अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ ।

यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।

पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो ।

यी दुईबीच १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १-० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३-१ ले पराजित गरेको थियो ।

यी दुईबीच बराबरी भएको तीनवटै खेलमा कुनै गोल भएको थिएन ।

अर्जेन्टिना भर्सेस फ्रान्स हेड टु हेड

खेल : १२

अर्जेन्टिना विजयी : ६

फ्रान्स विजयी : ३

बराबरी : ३

विश्वकपमा हेड टु हेड

खेल : ३

अर्जेन्टिना विजयी : २

फ्रान्स विजयी : १

अर्जेन्टिना र फ्रान्सबीच अहिलेसम्म भएका खेल 

­­­     वर्ष         खेल नतिजा          इभेन्ट

१     १९३०      फ्रान्स ०-१ अर्जेन्टिना    फिफा विश्वकप

२     १९६५      फ्रान्स ०-० अर्जेन्टिना    मैत्रीपूर्ण खेल

३     १९७१      अर्जेन्टिना ३-४ फ्रान्स    मैत्रीपूर्ण खेल

४     १९७१      अर्जेन्टिना २-० फ्रान्स    मैत्रीपूर्ण खेल

५     १९७२      अर्जेन्टिना ०-० फ्रान्स    ब्राजिल इन्डेपेन्डेन्स कप

६     १९७४      फ्रान्स ०-१ अर्जेन्टिना    मैत्रीपूर्ण

७     १८७७      अर्जेन्टिना ०-० फ्रान्स    मैत्रीपूर्ण खेल

८     १९७८      अर्जेन्टिना २-१ फ्रान्स    फिफा विश्वकप

९     १९८६      फ्रान्स २-० अर्जेन्टिना    मैत्रीपूर्ण

१०    २००७      फ्रान्स ०-१ अर्जेन्टिना    मैत्रीपूर्ण

११    २००९      फ्रान्स ०-२ अर्जेन्टिना    मैत्रीपूर्ण

१२    २०१८      फ्रान्स ४-३ अर्जेन्टिना    फिफा विश्वकप

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?