+
+

पोखरा महानगरकै अगुवाईमा सडकमै फुटबलको प्रत्यक्ष प्रशारण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १४:४८

३ पुस, पोखरा । आइतबार राति पौने ९ बजे हुने विश्वकप फुटबलको फाइनल खेल पोखराको सडकमै प्रत्यक्ष प्रशारण गर्न पोखरा महानगरपालिकाले अनुमति दिएको छ ।

निजी कम्पनीले पोखरा महानगरको सहकार्यमा पृथ्वीचोक र हल्लनचोकको सडकमै विश्वकपको प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।

उक्त कार्यक्रमको प्रचार प्रसारका लागि परिचय एड्भरटाइजले पृथ्वीचोक र हललनचोकमा डिजिटल स्क्रिन राखेको छ ।

पोखराको पृथ्वीचोक पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल हो । रातको समयमा धेरैजनाको उपस्थितिमा खेल देखाउँदा सवारी आवागमनमा असर पर्ने र दुर्घटना हुन सक्ने भन्द जिल्ला ट्राफिक प्रहरी कार्यालयले असन्तुष्टि जनाएको छ ।

‘महानगरपालिकबाटै हाम्रो नाममा पत्र पठाउँदा नै नगर्ने भनेर अब्जेक्सन जनाएका थियौं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रकाश शाहले भने, ‘यो नगरौं ट्राफिक समस्या हुन्छ भनेर हामीले भनेको हो । महानगरले नै दिएपछि हामीलाई पनि गाह्रो भयो ।’

ट्राफिक प्रहरीले पृथ्वीचोक मुख्य राजमार्ग र बसपार्क क्षेत्रमै पर्ने भएकाले दुर्घटना निम्तिन सक्ने बताएको छ । ‘तर, हामी आदेश पालकमात्र भएकाले अनुमति पाइसकेपछि कुनै सम्भावित दुर्घटना हुन नदिन सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाउन तयार नै छौं’, ट्राफिक प्रमुख शाहले भने ।

ट्राफिक प्रहरीको असन्तुष्टिको बाबजुद पनि महानगरले जिल्ला प्रशासनबाट सडकमै खेल देखाउन स्वीकृति लिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले भने स्वीकृति दिएको नभई आपसी समझदारीमा विश्वकपको फाइनल खेल देखाउन लागिएको बताए ।

‘ठूलो टिभीमा बाटो अवरोध नगर्ने गरी, साइडसाइडबाट मात्रै हेर्ने गरी कुनै अनुमति होइन, आपसी समझदारीमा २ ठाउँमा खेल हेर्न दिएका हौं,’ सीडीओ केसीले भने, ‘बेलुका एक, डेढ घन्टाको कुरा हो । ट्राफिक प्रहरी, प्रहरी सबैसँग सामान्य समझदारी भएको छ ।’

पोखरा महानगरले भने खेल देखाउनमात्रै स्वीकृति दिएको तर, कुनै सहकार्य नगरेको दाबी गरेको छ । जबकि महानगरकै आधिकारिक फेसबुक पेजमा समेत सहकार्य अंकित प्रचारसामग्री सम्प्रेषण गरिएको छ । ‘खेल देखाउन महानगरले स्वीकृति दिएको सत्य हो । तर, सहकार्य वा प्रवद्र्धकको भूमिका निभाएको भने होइन’, महानगर प्रवक्ता मोती तिमिल्सिनाले भने ।

आज राति कतारको लुसेल स्टेडियममा हुने विश्वकप फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?