+
+

अर्जेन्टिनालाई विश्वविजेता बनाउन निर्णायक रहे गोलरक्षक मार्टिनेज

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १४:५४

४ पुस, काठमाडौं । आइतबार फिफा विश्वकपको अविश्वसनीय फाइनलअघि सबै कुरा लियोनल मेस्सी र केलिएन एम्बाप्पेकै केन्द्रित थियो ।

तर, अन्तिमसम्म सबैको मुखमा एउटै नाम थियो– एमिलियानो मार्टिनेज ।

रोमान्चक, नाटकीय र भावनात्मक १२० मिनेट ३–३ गोलमा समाप्त भएपछि फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कारको विजेता निर्धारण गर्नका लागि पेनाल्टी शुटआउटको आवश्यकता रह्यो ।

अर्जेन्टिनाका चारै जना खेलाडीले पेनाल्टीमा सहजै गोल गरे । मार्टिनेजले फ्रान्सको एक पेनाल्टी रोकिदिए ।

एम्बाप्पेले नियमित खेल अवधिमै पेनाल्टीबाट दुई गोल गरिसकेका थिए । त्यसैले फ्रान्सको पहिलो पेनाल्टीमा उनले गोल गर्नु आश्चर्यजनक थिएन । यद्यपी मार्टिनेजले एम्बाप्पेको पेनाल्टीमा सही अनुमान गरेका थिए । उनले हातले छोए पनि गोल रोक्न सकेनन् ।

त्यतिबेला देखि नै एष्टोन भिल्लाका यी गोलकिपरले अर्जेन्टिनाका लागि मुख्य स्थान लिए ।

उनले किंग्स्ले कोम्यानको पेनाल्टी रोक्न सही दिशा लिए । त्यसअघि फ्रान्सेली खेलाडीको ध्यान भंग गर्नका लागि उनले ‘माइन्ड गेम’ खेले ।

औरेलिन चोउवामेनी आफ्नो पालोमा पेनाल्टी प्रहारका लागि अगाडि बढे । उनी चर्को दवावले ‘भारी’ देखिन्थे । मार्टिनेजले रियल मड्रिडका यी मिडफिल्डरभन्दा टाढा बल फालिदिए, उनी बल लिन जानुपर्‍यो  ।

लगातार विश्वकप जित्ने फ्रान्सेली सपना अन्त्य गरी २२ वर्षीय चोउमेनीको प्रहार बाहिरियो । मार्टिनेजको यो हर्कतलाई कुनै शब्दमा बयान गर्न सकिन्न तर, त्यसले अर्जेन्टिनाका लागि फाइदा भयो ।

त्यसपछि उनले यस्तो नृत्य देखाए जसले २०१६ एफए कप फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेपछि क्रिष्टल प्यालेसका प्रशिक्षक एलन परड्यूूलाई सम्झाइदियो ।

यसले अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलोपल्ट विश्वकप जिताउन एक कदम अगाडि बढायो । फ्रान्सका कोलो मुआनीले गोल गरेपछि अर्जेन्टिनाको खुसीको क्षण धकेलियो । तर, सब्स्टिच्युड गोन्जालो मोन्टियलले गोल गरेपछि उनीहरुको खुसी सुरु भयो ।

‘एमी मार्टिनेज एक निकै नै सकारात्मक व्यक्ति हुन् । उनले आफ्ना साथीहरुसँग भनिसकेका थिए कि म केहि पेनाल्टी रोक्नेछु,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने ।

बीबीसीका फुटबल विश्लेषक पनि अर्जेन्टिनाको जितमा मार्टिनेजको यो हर्कतले ठूलो भूमिका निभाएको छ । इंग्ल्याण्डका पूर्व मिडफिल्डर जर्मेन जेनास भन्छन्, ‘निशन्देह पेनाल्टी शुटआउटमा उनको मानसिकताले धेरै प्रभाव राखेको थियो ।

इंग्ल्याण्डकै पूर्व स्ट्राइकर एलर शेररले थपे, ‘उनी विपक्षीलाई कमजोर बनाउने प्रयास गरिरहेका थिए । बल प्रहार गरिरहेका थिए । खेलाडीहरुसँग कुरा गरिरहेका थिए र उनीहरुलाई सकेसम्म दबावमा ल्याउने प्रयास गरिरहेका थिए ।’

अतिरिक्त समयको अन्तिम सेकेण्डमा मोर्टिनेजले एउटा शानदार बचाउ नगरेको भए सायद खेलमा पेनाल्टी शुटआउटको आवश्यकता नै पर्ने थिएन । लिभरपुल डिफेण्डर इब्राहिमा कोनाटेको पासमा कोलो मुआनीको वान टू वान प्रहार उनले रोकेका थिए ।

यो मार्टिनेजले कतारमा गरेको शानदार बचाउमध्येको एक थियो । जसले उनलाई विश्वकपकै सर्वोत्कृष्ट गोलकिपरका रुपमा गोल्डेन ग्लभ्सको पुरस्कार दिलायो ।

राष्ट्रिय टिममा आफ्नो कम समयका बाबजुद मार्टिनेजको प्रभाव ठूलो छ । गत वर्ष डेब्यू गरेयता उनले अर्जेन्टिनालाई कोपा अमेरिका र अहिले विश्वकप दिलाउन महत्वपूर्ण सहयोग गरे ।

करिअरको सुरुवातमा धैर्य राख्नुपरेको थियो । मार्टिनेजले आर्सनलमा ८ वर्ष बिताए । ६ पटक लोनमा अन्य क्लबका लागि खेलेका उनले आर्सनलका लागि प्रिमियर लिगमा मात्र ११ खेल खेल्न पाए । दुई वर्षअघि एष्टोन भिल्लामा अनुबन्ध भएयता उनको स्तर आश्चर्यजनक रुपमा बढेको देखियो ।

‘मसँग यसका लागि कुनै शब्द छैन । म पेनाल्टी शुटआउटका क्रममा शान्त थिएँ र सबैकुरा यस्तै भयो जुन हामी चाहन्थ्यौं,’ मार्टिनेजले उपाधि जितेपछि भने, ‘मैले जुन सपना देखेको थिएँ, त्यो अब हासिल भएको छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?