+
+

‘प्रेमगीत ३’ पछि ओझेलमा क्रिस्टिना, करिअरसँग असन्तुष्ट कि राम्रो फिल्मको पर्खाइ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १४:५६

काठमाडौं । पहिलो फिल्मबाटै अभिनेत्री क्रिस्टिना गुरुङले अन्तर्राष्ट्रिय रुपमै जुन एक्सपोज र ब्राण्डिङ पाइन्, त्यो निकै अभूतपूर्व हो । ‘प्रेमगीत ३’ले उनलाई नेपाल र भारतसहित विश्वका ठूला बजारमा चिनायो ।

‘प्रेमगीत ३’को भारत रिलिज र प्रिमियर हुँदा त्यहाँका मिडियाले उनलाई राम्रैसँग कभरेज गरे । तर फिल्म रिलिजपछि क्रिस्टिना यतिबेला मिडिया र सार्वजनिक प्लेटफर्मबाट पूरै ओझेलमा छिन् । त्यति एक्सपोज पाएकी अभिनेत्री यसरी हराउनु स्वभाविक पनि होइन ।

निकट स्रोतका अनुसार प्रेमगीत ३ पछि क्रिस्टिनालाई नेपालका चर्चित आधा दर्जन जति ब्यानरले फिल्मको लागि प्रस्ताव गरेका थिए । दक्षिण भारतीय फिल्मबाट समेत अप्रोच आएको थियो । तर यी सबै प्रस्तावलाई उनले नकारेकी छन् ।

‘राम्रा ब्यानरबाट समेत प्रस्ताव आउँदा उहाँले रिप्लाइ त के भेट्नै समेत नमानेको देखियो,’ स्रोत भन्छ, ‘प्रेमगीत ३ निर्माता हुँदै आएको साउथ इण्डियन फिल्म खेल्ने प्रस्तावको जवाफ पनि उहाँले दिनुभएन ।’

यसको अर्थ के क्रिस्टिना फिल्म करिअरलाई छाडेर अमेरिका फर्किने मुडमा पुगेकी हुन् ? के आशुसेन ब्यानरका फिल्म मात्र गर्ने उनको सोच हो ? यसबारे उनले केही पनि बताएकी छैनन् । तर प्रेमगीत ३ रिलिजपछि उनी पूरै ओझेलमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?