+
+

एम्बाप्पे पुस्तामाथि फ्रेञ्च प्रशिक्षकको भरोसा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १७:२७

४ पुस, काठमाडौं । विश्वकप फाइनलको पेनाल्टी शुटआउटमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्स निराश भएको छ । तर, केलियन एम्बाप्पेको क्षमता र टिममा प्रतिभाशाली खेलाडीको बाहुल्यता उसको भविष्यका लागि सकारात्मक पाटो हो ।

फ्रान्सले बालोन डी’ओर विजेता करिम बेन्जेमा, स्ट्राइकर क्रिस्टोफर एनकुन्कु, मिडफिल्डर एनगोलो कान्टे र पाउल पोग्बाबिना नै कतार विश्वकप सुरु गरेको थियो । पहिलो खेलपछि लुकास हर्नान्डेजलाई पनि गम्भीर चोट लाग्यो । थुप्रै अनुभवी खेलाडीलाई गुमाएर पनि फ्रान्स फाइनलसम्म पुग्यो । अर्जेन्टिनासँग ३–३ को अविश्वसनीय बराबरी खेल्दै पेनाल्टीमा ४–२ ले पराजित भयो ।

मंगलबार (डिसेम्बर २०) २४ वर्ष लाग्ने एम्बापेले दुई विश्वकपमा १२ गोल गरे । फाइनलमा ह्याट्रिक गरेका उनी प्रतियोगिताभर ८ गोलसहित गोल्डेन बुटको हकदार रहे ।

आइतबारको फाइनलमा प्रशिक्षक डिडिएर डेसच्याम्पले २४ वर्षीय कोलो मुआनी, २५ वर्षीय मार्कस थुराम, २० वर्षीय एडुवार्डो कामाभिंगा र २६ वर्षीय किंग्स्ले कोम्यानलाई मैदान पठाएपछि एम्बाप्पेले ह्याट्रिक गर्न सफल भएका हुन् ।

‘युवा खेलाडीलाई तयार पार्नका लागि जहिले पनि एक अनुभवी टोली नेताको आवश्यकता रहन्छ,’ फ्रान्सेली प्रशिक्षक डेसच्याम्प सामुहिक मानसिकतालाई यति जोड दिन्छन्, जति प्रतिभाशाली खेलाडीको आवश्यकता रहन्छ ।

‘खेलाडीको स्तरलाई हेरेर हामीले हामीले एक टिमको आकार दिनुपर्ने भएको छ । उनीहरुको शीर्ष स्तर र मानसिकता प्रमुख विषय हो,’ डेसच्याम्पले थपे, ‘म प्रतियोगिताअघि पनि यसबारे चिन्तित थिइनँ । अहिले पनि छैन ।’

पुस्तालाई जोड्नका लागि फ्रान्सले सायद ३१ वर्षीय एन्टोइन ग्रिजमनको भरोसा गर्नेछ ।

‘केही खेलाडीसँग सन् २०१६ को युरो फाइनल र सन् २०१८ को विश्व विजेताको अनुभव छ । उनीहरुले त्यसलाई प्रयोग गरी खेलमा परिपक्वता ल्याउनेछन्,’ खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने डेसच्याम्प भन्छन्, ‘तर, उत्तिकै सन्तुलनता हुनुपर्छ । केहि युवा खेलाडी आफ्नो स्तर बढाउँदैछन् । कसैले चार वर्षअघि देखाएका थिए, केहिले यो विश्वकपमा आफूलाई प्रस्तुत गरेका छन् ।’

मिडफिल्डरहरु ओउरेलिन चोआमेनी र एड्रियन रावियोटको प्रदर्शनबाट सायद प्रशिक्षक डेसच्याम्प सन्तुष्ट छन् । त्यस्तै सेन्टरब्याक डायोट उपामेनाको र इब्राहिमा कोनाटेले पनि उनलाई खुसी पारेका छन् । कप्तान तथा गोलरक्षक ह्यूगो लोरिसले फ्रान्सको टिम पुस्तान्तरणको मोडमा रहेको बताए ।

‘हामीसँग यो पीडा बयान गर्ने कुनै शब्द छैन । तर, यो प्रतियोगिता हामीलाई भविष्यका लागि निकै उपयोगी हुनेछ,’ उनले भने, ‘एउटा पुस्ता करिअरको अन्त्यतिर छ । नयाँ पुस्ताको नेतृत्व केलिएन एम्बाप्पेले गरिरहेका छन् । एउटा नेताले केसम्म गर्न सक्छ भनेर यो प्रतियोगितामा उनले देखाइसकेका छन् ।’

‘युरोपका उत्कृष्ट खेलाडीको साथमा हामीले फ्रान्सको यो टिमलाई यही स्तरमा राख्न सक्नुपर्छ,’ कप्तान लोरिसले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?