+
+

शेखर–गगन समूहको बैठकमा विश्वप्रकाश पुग्दा ताली बजाएर स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:२०

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि गगन थापा र शेखर कोइराला पक्षको बैठकमा सहभागी भएका छन् ।

हनुमानस्थानस्थित होटेल बसेरामा थापा र कोइराला पक्षका सांसदहरुको बैठक बसिरहेको बेला शर्मा केहीबेर अघि प्रवेश गरेका हुन् ।

शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक हल बाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए ।

यसअघि आजै बिहान लाजिम्पाटस्थित होटल एम्बास्डरमा बसेको बैठकमा भने शर्मा सहभागी थिएनन् ।

एम्बास्डरको बैठकमा कोइरालाले थापालाई संसदीय दलको नेताको उम्मेदवारको लागि प्रस्ताव गर्ने सहमति जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?