+
+

एनसेलद्वारा वर्ल्डकप फुटबल फाइनलको प्रत्यक्ष प्रशारण : १९ सय बढी दर्शकको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १२:५५

काठमाडौं । आइतबार २२औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल भयो । उक्त फाइनल खेल प्रत्यक्ष हेर्नका लागि एनसेल आजियाटा लिमिटेडले अन्नपूर्ण होटलको पुलसाइडमा व्यवस्था मिलाएको थियो । जहाँ १ हजार ९०० भन्दा बढी दर्शकले उत्साह पूर्ण ढंगले फाइनल खेल हेरेका थिए ।

दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमार्फत पनि खेल हेर्ने व्यवस्था मिलाइएको थियो ।

निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी लगायतका व्यक्तिहरु प्रत्यक्ष खेल हेर्न सहभागी भएको कम्पनीले जनाएको छ ।

एनसेलको ५९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएकाथिए ।

मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुति मार्फत गीतसंगितको आनन्द समेत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?