+
+

राप्रपाले संसदीय दलको नेता चयन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:३७

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार संसदीय दलको नेता चयन गर्दैछ ।

त्यसका लागि सांसदहरुको बैठक साढे २ बजे पार्टी कार्यालयमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् । हालसम्म यो पार्टीमा संसदीय दलको नेतामा कसैले दावी सार्वजनिक गरेको छैन ।

अध्यक्ष राजेन्द्र लिङ्देन नै संसदीय दलको नेता चयन हुने सम्भावना रहेको एक सांसदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?