+
+

विश्व विजेता मेसीसहितका अर्जेन्टिनी खेलाडी दुर्घटनाबाट जोगिए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १६:३७

५ पुस, काठमाडौं । कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् ।

राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटना टारे ।

मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका उनीहरु आफूहरुलाई छुनै लागेको बिजुलीको तारलाई छल्न सफल भए ।

मेसीहसति एन्जल डि मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी बसको टपमा बसेका थिए । सार्वजनिक भिडियोमा उनीहरुले अन्तिम समयमा निहुरिएर तारलाई छलेको देखिन्छ ।

आफूहरु तार नजिक पुगेको थाहा पाउने वित्तिकै यी ५ खेलाडी निहुरिएका थिए । आइतबार सम्पन्न फाइनलमा अर्जेन्टिनालाई साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

सामाजिक सञ्जालमा आएको भिडियो हेर्नुहोस् ‌:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?