News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसार्न निर्देशन दिएका छन्।
- प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने तय भएको छ।
- प्रधानमन्त्री ओलीले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा समेत गरेका छन्।
२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसार्न निर्देशन दिएका छन् । अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् ।
आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।
म भन्न चाहन्छु, तपाईंहरू २०२६ को तयारी राम्रोसँग गर्नुस्, भव्य तयारी गर्नुस् । यसपल्ट सरकारले बजेट झन्डै डबल बनाएको छ, खेलप्रति माया गरेर । बजेटबाट माया हामीले देखाएका छौं’ उनले भने, ‘त्यसकारण खेल क्षेत्र अब अगाडि बढ्छ । अनेक हिसाबले अगाडि बढ्छ । राष्ट्रिय खेलकुद मंसिरमै हुनुपर्छ । अब समय सारिँदैन।’
त्यस्तै प्रधानमन्त्री ओलीले आफूले हालै स्पेन भ्रमणका क्रममा रियल मड्रिडको रंगशाला हेरेर आएको स्मरण गर्दै दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा समेत गरेका छन् ।
प्रतिक्रिया 4