+
+

एन्फालाई एनएसएलले १७ करोड २१ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १९:१३

५ पुस, काठमाडौं । अखिल नेपाल फुटबल ‌संघ एन्फाले नेपाल सुपर लिग एनएसएल फुटबल आयोजनाबाट ८ वर्षमा १७ करोड २१ लाख रुपैयाँ पाउने भएको छ ।

एनएसएल फुटबल आयोजनाको सबै अधिकार दिए वापत एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबाट ८ वर्षमा यो रकम पाउने भएको हो । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि एनएसएल फुटबलको आयोजक हो ।

एन्फा र एनएसएल आयोजकबीच एक समारोहबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । र हस्ताक्षर समारोहमा नै पहिलो सिजनको १ करोड ५० लाख रुपैयाँको चेक एन्फालाई हस्तान्तरण भएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिका अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राईलाई चेक हस्तान्तरण गरेकी हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?