+
+

परिणाम अपेक्षाकृत होइन, तर निराश हुन्न : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ११:३१
गगन थापा । फाइल तस्वीर

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।

दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।

मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन । तर म थाक्दिनँ, निराश हुन्न । थप मिहिनेत गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?