+
+

कांग्रेस सांसदलाई दीपकराज गिरीको कटाक्ष : घाँस खान छोडेर परालतिर को जान्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १३:३३
फाइल तस्वीर

काठमाडौं । दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खासगरी राजनीतिमा उनको चासो छ । आफ्ना फिल्मको केन्द्रमा पनि उनी राजनीतिलाई राख्छन् ।

उनै दीपकले बुधबार भएको नेपाली कांगे्रस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गरेका छन् । उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?’

संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए ।

कांग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए ।

कांगे्रसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ । तर देउवालाई चुनौती दिंदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो । कलाकारले समेत यसप्रति चासो राखेका थिए ।

दीपकराज गिरीको उक्त कटाक्ष कांग्रेस सांसदप्रति लक्षित भएको बुझ्न कठिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?