+
+

नेपाली फेसन शोमा ब्राजिल र मोरक्कोका सुन्दरीले नापे र्‍याम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १३:४८

काठमाडौं । नेपाली कला, संस्कृतिलाई विदेशमा फैलाउने उद्देश्यले फिल्म ‘आमा’का निर्माताले अष्ट्रेलियामा फेसन शो आयोजना गरेका छन् ।

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ नाम दिइएको शोलाई पानीजहाजमाथि आयोजना गरिएको थियो । निर्माता तथा असाप इन्टरटेनमेन्टका सन्तोष अधिकारीले शोको चौथो सिजन सम्पन्न भएको जानकारी दिए ।

रोविन परियारको डिजाइन पहिरिएर नेपाली तथा विदेशी मोडलले र्‍याम्प नापेका थिए । कोरोना महामारीपछि पहिलो पटक आफूले महंगो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनले बताए ।

नेपालीसहित ब्राजिल र मोरक्कोका सुन्दरीले र्‍याम्प नापेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन मन परेकाले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सघाउने वचन दिएको जनाइएको छ ।

शोका दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भइसकेको थियो । अधिकारीको निर्माण र दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ नेपालमा हिट भएको थियो ।

उनले अर्पण थापा निर्देशित फिल्म ‘तीन जन्तु’को निर्माण पनि गरिसकेका छन् । देवकुमार श्रेष्ठसँग मिलेर उनले अर्को फिल्म ‘डलर एयुडी’ निर्माणको तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?