+
+

१० विधामा ओस्कार मनोनयन घोषणा : दुवै नेपाली फिल्म बाहिरिए, दुई भारतीय र एक पाकिस्तानी सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १०:४४

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले सन् २०२३ को ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा गरेको छ ।

डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, लाइभ-एक्सन, ध्वनि र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो ।

कुल ९२ मध्ये १५ गैरअंगेजी फिल्म मात्र अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित छन् । नेपालबाट यो विधामा ‘ऐना झ्यालको पुतली’ले प्रतिस्पर्धा गरेको थियो ।

अर्को नेपाली फिल्म ‘लोरी’ले सट फिल्मको लाइभ-एक्सन विधातर्फ प्रतिस्पर्धा गरेको थियो । तर दुवै नेपाली फिल्म प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ पहिलोपटक ओस्कारमा मनोनित भएको छ ।

अन्तर्राष्ट्रिय फिचर विधाको मनोनयन यस्तो छ :

१) अर्जेन्टिना -अर्जेन्टिना १९८५
२) अष्ट्रिया -कोसेज
३) बेल्जियम -क्लोज
४) कम्बोडिया -रिटर्न टु सोल
५) डेनमार्क -होली स्पाइडर
६) फ्रान्स -सेन्ट ओमेर
७) जर्मनी -अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
८) भारत -लास्ट फिल्म शो
९) आयरल्याण्ड -द क्वाइट गर्ल
१०) मेक्सिको -बार्डो
११) मोरक्को -ब्लू काफ्टान
१२) पाकिस्तान -जोयल्याण्ड
१३) पोल्याण्ड -इओ
१४) दक्षिण कोरिया -डिसिजन टु लिभ
१५) स्वीडेन -कायरो कस्पिरेसी

मौलिक गीततर्फ अर्को भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ । यस वर्ष १४४ वटा डकुमेन्ट्री योग्य भए पनि १५ वटा मात्र छनोट हुन सके ।

कुल १४७ मध्ये १५ वटा ओरिजिनल स्कोर मात्र छनोट हुन सके । ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’को गीत ‘लिफ्ट म अप’बाट रिहाना मनोनित भएकी छन् । ‘टपगन : माभेरिक’बाट लेडी गागाको गीत ‘होल्ड माइ ह्यान्ड’ पनि सूचीमा छ । ‘ह्वेयर द क्रड्डाज सिङ’बाट टेलर स्वीफ्टको गीत ‘क्यारोलिना’ पनि छानिएको छ ।

भीएफएक्स विधामा ‘अवतार : द वे अफ वाटर, ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर, टपगन : माभेरिकसहित नौवटा अन्य फिल्म यो सूचीमा समावेश छन् ।

आगामी जनवरी १२ देखि १७ सम्म यी फिल्ममाथि पुनः मतदान भएर अन्तिम पाँच मनोनित हुनेछन् । जनवरी २४ मा सबै विधाको मनोनयन सार्वजनिक हुनेछ । मार्च १२ मा ओस्कार अवार्ड समारोह हुनेछ ।

हेर्नुस् मनोनयन सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?