+
+

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १२:११

८ पुस,काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ३ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुन एक लाख एक हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख एक हजार र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?