+
+

विश्वप्रकाश भन्छन्- रास्वपालाई पनि समेटौं, गठबन्धनलाई कायम राखौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते ११:५०

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बताएका छन् ।

सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि समेट्नुपर्ने धारणा राखेका छन् ।

उनले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले २/२ वर्ष तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गरेर जानुमै परिपक्कता हुने भन्दै उनले त्यसलाई कार्यान्वयनमा पारदर्शिता र एकता जरुरी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?