+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १२:४०

१० पुस, काठमाडौं । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख  ३ र तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

आइतबार चाँदीको कारोबार शुक्रबारकै मूल्यमा १ हजार ३९० रुपैयाँ ( प्रतितोला )मा भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?