+
+

वार्तामा बस्न चलचित्र संघ र विकास बोर्डलाई निर्देशक समाजको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:३४

काठमाडौं । चलचित्र निर्देशक समाजले आन्दोलनमा उत्रिएको चलचित्र संघ र चलचित्र विकास बोर्डलाई वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको छ ।

आइतबार महासचिव जनकदीप पराजुलीले विज्ञप्ति जारी गर्दै संवेदनशील भई वार्तामा बस्ने र समस्याको निकास खोज्न आग्रह गरेका हुन् ।

एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता खेल गतिविधि स्क्रिनिङ गर्ने नपाइने भन्ने बोर्डको नियमपछि चलचित्र संघ आक्रोशित छ ।

उसले विकास बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अध्यक्ष भुवन केसीसँग कुनै हालतमा वार्ता नहुने अडान राखेको छ । यसै साता संघले सञ्चार सचिवलाई ज्ञापनपत्र बुझाएर आन्दोलनमा अघि बढ्ने समेत बताएको छ ।

चलचित्र निर्देशक समाजको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?