+
+

मिड सिजन ब्रेकपछि प्रिमियर लिगका खेल आज सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १०:१९

११ पुस, काठमाठौं । कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ ।

नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा लिगका खेलहरु रोकिएका थिए ।

६ सातापछि विश्वकै चर्चित प्रिमियर लिगका खेलहरु आजदेखि फेरि हुन लागेका हुन् ।

सोमबार आज इंग्लिस प्रिमियर लिगमा ७ खेलहरु हुनेछन् । आजको पहिलो खेलमा ब्रेन्टफर्ड र टोटेनहमबीच साँझ सवा ६ बजे सुरु हुनेछ । यो खेल ब्रेन्डफोर्डको मैदानमा हुनेछ ।

क्रिस्टल प्यालेस र फुलहम, एभर्टन र वल्भ्स, लेस्टर सिटी र न्यूक्यासल तथा साउथह्याम्टन र ब्राइटनबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

एस्टन भिल्ला र लिभरपुलबीचको खेल राती सवा ११ बजे भिल्लाको मैदानमा हुनेछ । त्यसपछि मध्यराती पौने २ बजे शीर्ष स्थानको आर्सनलले वेष्टहमसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप पछि इंग्लिस लिग कपका खेलहरु भने यसअघि नै सुरु भइसकेको छ । प्रिमियर लिगसहित फ्रेन्च लिग र स्पानिस ला लिगा यही डिसेम्बरमै सुरु हुनेछ बाँकी लिग नयाँ वर्ष लागेपछि सुरु हुनेछ ।

फ्रेन्च लिग १ डिसेम्बर २८ तथा ला लिगा डिसेम्बर २९ देखि शुरु हुनेछ । इटालियन सिरी ए जनवरी ४ मा र जर्मन बुन्डेसलिगा जनवरी २० देखि सुरु हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?