+
+

चित्रबहादुर भन्छन्– एमालेसँग प्रचण्डको साँठगाँठ अराजनीतिक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १२:४०
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी

११ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले–माओवादी सहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रतिगामी शक्तिसँग गठबन्धन गरेको उनको आरोप छ ।

आज विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले भनेका छन्, ‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो ।’ प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा व्यक्त जनताको जनादेशको अपमान र धोकासमेत भएको उनको टिप्पणी छ ।

उनले थप लेखेका छन्, ‘प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्वहरूसित पनि गठबन्धन गरेका छन् । उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा तथा भत्र्सना गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?