
शितल निवासबाट हिँड्नुअघि प्रधानमन्त्री प्रचण्डसँग बिदा माग्दै देउवा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् ।
देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो ।
त्यसैले देउवाले उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन भने भ्याएनन् ।
देउवाले पहिलो कार्यकालमा आफैं प्रधानमन्त्री हुने अडान नछाडे पछि प्रचण्ड कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
हेर्नुहोस् थप तस्वीरहरु
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4