+
+

प्रचण्डलाई बलिउड अभिनेता विवेक ओबरायले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १६:२६

काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् ।

हालैको आफ्नो नेपाल भ्रमणमा प्रचण्डसँगको भेटको तस्वीर सेयर गर्दै अभिनेता ओबरायले सुन्दर नेपालको प्रधानमन्त्री बनेको भन्दै सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

ओबराय लेख्छन्, ‘बधाई छ कमरेड प्रचण्ड । तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा । भर्खरै तपाईंसँगको भेटले सम्मानित महसुस गरायो । तपाईंले हामीलाई गर्नुभएको न्यानो माया र स्वागतले नेपालको विनम्रता र सांस्कृतिक करुणलाई झल्काउँछ ।’

नेपालको पर्यटन प्रवर्द्धन गर्न भन्दै १० दिने नेपाल भ्रमणमा आएको बेला प्रचण्डलाई भेट्न ओबराय मंसिर २९ गते खुमलटार पुगेका थिए । प्रचण्डलाई दिएको बधाई सन्देशमा ओबरायले प्रचण्डले आफूलाई नेपाली टोपी लगाइदिएको तस्वीर पनि सेयर गरेका छन् ।

ओबराय गत शनिबार स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?