+
+

अब नेपालमै ‘स्मिरनफ’ भोड्काको उत्पादन हुने 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १२:४३

काठमाडौं । ‘स्मिरनफ’ भोड्काको उत्पादन अब नेपालमै हुने भएको छ । एक कार्यक्रमका बीच नेपालको अग्रणी पेय उत्पादक नेपाल लिकर्स प्रालिले ‘स्मिरनफ’ भोड्काको सार्वजनिक गरेको हो ।

विराटनगरस्थित कारखानाबाट स्मिरनफ भोड्काको उत्पादन सुरु हुने कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरले बताए । उनका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेका छन् ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । एन्टिक्यटुी ब्लूव्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की, ब्लूरिब्यान्ड जिन लगायतका पेय पदार्थहरु नेपाल लिंकर्सले नेपाली बजारमा उपलब्ध गराउँदै आएको हो ।

यो पटक भने स्मिरनफ भोड्काको उत्पादन र वितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मिलिमा उपलब्ध हुने कम्पनीले बताएको छ । जसको मूल्य क्रमशः. २ हजार २००, १ हजार १०० र ५५० रुपैयाँ पर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?