+
+

नेप्लिज मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १७:०१

काठमाडौं । नेप्लिज मार्केटिङ एसोसिएसनले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । होटल याक एण्ड यतिमा २४ डिसेम्बरमा वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अदक्ष्य महेश स्वरले सरकारी निकायसँग सहकार्य गरेर नेपालको बजारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उदेश्य रहेको बताए ।

कनफेडेरेसन अफ नेप्लिज इनडसट्रिज(सीएनआई), राष्ट्रिय आविस्कार केन्द्र र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टसँग एसोसिएसनले सहकार्य गर्ने सहमति समेत भएको एसोसिएसनले जनाएको छ । कार्यक्रममा सीएनआईका राजबहादुर शाह, राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुन र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टका अभिषेक कार्कीको सहभागिता रहेको थियो ।

नेप्लिज मार्केटिङ एसोसिएसनले सीएनआईलाई मेक इन नेपाल, सीएनआईवाईईएफ स्टार्टअप क्यामपेन, इन्क्युवेसन सेन्टर लगायतका अन्य मार्केटिङ, ब्रान्डिङ, प्याकेजिङको काममा सहयोग गर्ने भएको छ । त्यसैगरी राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार अनुसन्धान र मार्केटिङमा सहयोग गर्ने र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टलाई मार्केटिङ सम्मेलनमा सहयोग गर्ने सम्झौता समेत भएको छ ।

एसोसिएसनका बोर्ड सदस्य अभय गोर्खालीले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?