+
+

प्रचण्ड थाहै नदिई प्रधानमन्त्री बने : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १८:४३

१२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई जानकारी नदिई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको गुनासो गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले प्रचण्ड प्रधानमन्त्री भएको आफूले पत्रपत्रिकाबाट थाहा पाएको बताए ।

‘अस्ति हाम्रो पार्टीको संलग्नता बेगर, हाम्रो पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए’, बैठकमा नेपालको भनाइ थियो, ‘ पत्रिकाबाट न थाहा भएको हो । फोटो देखेर न थाहा भएको हो हामीलाई ।’

प्रचण्डको व्यवहारबाट आफू दुःखी भएको उनले पार्टी कार्यकर्ताहरुलाई बैठकमा सुनाए । ‘यस सम्बन्धमा मैले टिप्पणी के गरेको छु भने प्रचण्डजीको यो व्यवहारबाट म दुःखी छु, दुुखित छु’, नेपालले भने । उनले आफूहरु कांग्रेस र माओवादी दुवैबाट पीडित भएको समेत गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?