+
+

म्यानचेष्टर युनाइटेड र चेल्सीको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १०:४६

१३ जेठ, काठमाडौं । मार्कुस रासफोर्डले एक गोल गर्दै अर्को एक गोलका लागि सहयोग गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा मंगलबार राति नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्रफोर्डमा भएको खेलमा युनाइटेडका एन्टोनी मार्सियल र फ्रेडले पनि एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा रासफोर्डले क्रिस्टियन एरिक्सनको कर्नरमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । रासफोर्डकै पासमा मार्सियलले २२ औं मिनेटमा गोल गरी युनाईटेडको अग्रता दोब्बर पारे ।

फ्रेडले ८७ औं मिनेटमा गोल गरेपछि युनाईटेड ३-० ले विजयी भयो ।

क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछि युनाइटेडले खेलेको लिगको पहिलो खेलमा प्रभावशाली प्रदर्शन गर्दै जित निकालेको हो ।

यस जितपछि पाँचौ स्थानको युनाइटेडले १५ खेलबाट २९ अंक जोडेको छ र चौथो स्थानको टोटनहमसँग एक अंकको दूरीमा छ ।

रेलिगेसन जोनमा रहेको नटिङहम १६ खेलबाट १३ अंकसहित पूछारबाट दोस्रोमा अर्थात १९ औं स्थानमा छ ।

लिगकै अर्को खेलमा चेल्सीले एएफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ । चेल्सीका माउसन माउन्टले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे ।

काऐ हाभार्टले पनि एक गोल गरे । जितपछि चेल्सी १५ खेलबाट २४ अंक जोडेर आडौं स्थानमा उक्लेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?