+
+

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र र भोजराजबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १५:१४

१३ पुस, कास्की । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे र स्याङजाका भोजराज अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ ।

४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्याललेको मनोनयन दर्ता गरेका हुन्।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ छन् ।

प्र दिउँसो ३ बजेदेखि मतदान गर्न अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । प्रदेश सभास्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान हुँदैछ ।

कांग्रेसबाट गण्डकीमा २७ जना सांसद छन् । पाण्डे सभापति शेरबहादुर देउवा समूहका हुन् भने अर्याल शेखर कोइराला र गगन समूहका हुन् ।

पाण्डे र अर्याल दुबैले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै आएका थिए । तर, केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।

दुबैले दलको नेतामा आफैंले जित्ने दाबी गर्छन् । देउवा समूहबाट दलका नेता दाबी गरेका विन्दु थापाले सुरेन्द्रराज र नवलपुरका महेन्द्रध्वज जीसीले अर्याललाई समर्थन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?