+
+

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १५:२५

१३ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको मतदान ३:१५ बजे सुरु भएको हो ।

मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो ।

दुवै जना उम्मेद्वारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि मतदान सुरु भएको छ ।

संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले मनोनयन दर्ता गरेका छन् ।

मतदान ४:१५ बजेसम्म चल्ने बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिए ।

संसदीय दलको नेताका लागि मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित २५ जना र समानुपातिकतर्फ निर्वाचित १२ जना गरि ३७ जना प्रदेश सांसदले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?